काठमाडौँ मदिरा व्यवसायी संघ काठमाडौँ मदिरा व्यवसायी संघ
ग्यालरी झलक

मेडिया ग्यालरी

सङ्घका कार्यक्रम, प्रशिक्षण र वार्षिक कार्यक्रमका तस्वीरहरू हेर्नुहोस्।

LAK मोबाइल एप सार्वजनिक कार्यक्रम

LAK मोबाइल एप सार्वजनिक कार्यक्रम

काठमाडौँ मदिरा व्यवसायी संघले आफ्नो पहिलो मोबाइल एप सार्वजनिक गर्दै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आधुनिक प्रविधिमा आधारित प्रभावकारी सेवा र सुविधा प्रदान गर्ने हाम्रो दीर्घकालीन लक्ष्यतर्फको निर्णायक कदमको रूपमा यस एप–लन्च कार्यक्रमलाई मनाइयो। यस एपमार्फत काठमाडौँका मदिरा व्यवसायीहरूलाई सजिलो सदस्यता प्रक्रिया उपलब्ध गराइन्छ र व्यवसायिक नेटवर्कलाई एकीकृत डिजिटल प्लेटफर्ममा जोड्ने कार्य अगाडि बढाइन्छ। उद्योगको पारदर्शिता, पहुँच र समन्वयलाई बलियो बनाउँदै मदिरा क्षेत्रलाई आधुनिक युगतर्फ अग्रसर गराउने उद्देश्य यस कार्यक्रमले स्पष्ट रूपमा प्रस्तुत गर्छ।

1 फोटो डिसे. 7, 2025
नेपाल मदिरा व्यवसायी महासंघको १८औं साधारणसभामा काठमाडौँ संघका प्रतिनिधिहरूको सक्रिय सहभागिता, उद्योगभित्रको एकता र सहकार्यलाई सुदृढ बनाउँदै।

नेपाल मदिरा व्यवसायी महासंघको १८औं साधारणसभामा काठमाडौँ संघका प्रतिनिधिहरूको सक्रिय सहभागिता, उद्योगभित्रको एकता र सहकार्यलाई सुदृढ बनाउँदै।

"नेपाल मदिरा व्यवसायी महासंघ"को १८औं वार्षिक साधारणसभामा "मदिरा व्यवसायी संघ काठमाडौँ"का प्रतिनिधिहरूको सम्मानजनक सहभागिता। साधारण सभा संघीय सांसद तथा नेपाल सरकारको अर्थसमितिका सभापति श्री सन्तोस चालिसे ज्युको प्रमुख आतिथ्यतामा भव्य र सभ्य रूपमा सम्पन्न भएको अवसरमा महासंघलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।

6 फोटोहरू डिसे. 7, 2025
१९औँ वार्षिक साधारण सभा – सुकुटे सहभागिता

१९औँ वार्षिक साधारण सभा – सुकुटे सहभागिता

सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न १९औँ वार्षिक साधारण सभामा मदिरा व्यवसायी संघ काठमाडौं (LAK) ले केन्द्र, प्रदेश र जिल्लास्तरका प्रतिनिधिहरूसँग सहभागिता जनाएको झलकहरू। एल्बममा एलएकेका पदाधिकारीहरूको औपचारिक सत्र तथा अन्तरक्रियात्मक क्षणहरू समेटिएका छन्।

15 फोटोहरू डिसे. 24, 2025
AMS Distillery Pvt. Ltd. द्वारा प्रस्तुत नयाँ उत्पादन ‘AMS HIMALAYAN

AMS Distillery Pvt. Ltd. द्वारा प्रस्तुत नयाँ उत्पादन ‘AMS HIMALAYAN

AMS Distillery Pvt. Ltd को नयाँ उत्पादन AMS HIMALAYAN लाई लन्चिङ सहयोग सहित संघसँग सहकार्य गरिएकाले काठमाडौँ जिल्लाभरीका सम्पूर्ण व्यवसायी ज्युहरूलाई यसका बिक्रि वितरणमा सहयोग गरिदिन अनुरोध गर्दछौं। AMS Distillery Pvt. Ltd लाई व्यवसायिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। मदिरा व्यवसायी संघ काठमाडौँ परिवार।

1 फोटो डिसे. 10, 2025
जे.जी.आई. समूहको नयाँ उत्पादन SKKY Vodka परिचय

जे.जी.आई. समूहको नयाँ उत्पादन SKKY Vodka परिचय

JGI Group को नयाँ उत्पादन SKKY Vodka संघसँग सहकार्य गर्दै बजारमा लन्चिङ भैरहेको जानकारी गराउँदै, बिक्रि वितरणमा सहयोग गरिदिन सम्पूर्ण व्यवसायी मित्रहरूलाई अनुरोध गर्दछौं। SKKY Vodka को व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दछौं।

3 फोटोहरू डिसे. 7, 2025
१०औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनका झलकहरू

१०औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनका झलकहरू

मदिरा व्यवसायी संघ काठमाडौँको १०औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने संस्थापक/केन्द्रीय अध्यक्ष सोनाम शेर्पा, महासंघ परिवार, बागमती प्रदेश परिवार, आर्थिक रूपमा निरन्तर सहयोग गर्नु हुने सम्पूर्ण कम्पनी तथा प्रतिनिधि ज्युहरू, पत्रकार मित्रहरू, सुरक्षा कर्मी साथीहरू, एस.आर. बेन्क्युट परिवार तथा सबै मदिरा व्यवसायी साथीहरू प्रति संघ परिवार हार्दिक आभार व्यक्त गर्दछ। साथै, कानूनी सल्लाहकार सुदिप नेपाल र दिनेश खड्का तथा निर्वाचन समितिका सम्पूर्ण सदस्यहरू प्रति विशेष धन्यवाद प्रकट गर्दछौं।

10 फोटोहरू डिसे. 7, 2025
२५ युपि–श्लोक र ४० युपि–ब्लु डाइमन्ड भोडकाको औपचारिक लोकार्पण

२५ युपि–श्लोक र ४० युपि–ब्लु डाइमन्ड भोडकाको औपचारिक लोकार्पण

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रा. लि. द्वारा उत्पादित २५ युपि श्लोक तथा ४० युपि ब्लु डाइमन्ड भोडका आज मिति २०८२/८/९ गते काठमाडौँ मदिरा व्यवसायी संघको कार्यलयमा औपचारिक रूपमा लोकार्पण गरिएको छ। काठमाडौँ जिल्लाभरिका सम्पूर्ण मदिरा व्यवसायीहरूलाई यी ब्रान्डहरूको बिक्री तथा वितरणमा पूर्ण सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौँ। साथै, यी नयाँ मदिरा उत्पादनहरूको व्यवसायिक सफलताका लागि शुभकामना व्यक्त गर्दछौँ।

1 फोटो डिसे. 7, 2025